म्यानमारमा ६ सयभन्दा धेरै प्रदर्शनकारी रिहा

 चैत ११, २०७७ बुधबार १८:५५:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधवार ६ सयभन्दा बढीलाई रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

‘हामीले आज इन्सेन जेलबाट तीन सय ६० जना पुरुष र दुई सय ६८ जना महिलालाई रिहा गरेका छौँ’, कारागारका एक वरिष्ठ अधिकारीले एएफपीलाई भने । 

म्यानमारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा अहिलेसम्म दुई सय ५० भन्दा धेरैकाे ज्यान गएकाे सञ्चारमाध्ययमले जनाएका छन् । यद्यपि सरकारका प्रवक्ताले भने एक सय ६४ जनाको ज्यान गएकाे बताएका छन् । यस प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेकाे पनि समाचारमा जनाइएको छ ।

गएकाे जनवरी १ मा म्यानमारकाे सेनाले आङ सान सुकीलगायत नेतालाई पक्राउ गर्दै सत्ता हातमा लिएकाे घाेषणा गरेकाे थियाे । 

चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले चुनावका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।  

प्रजातन्त्रवादी आन्दोलनकारीले सुकीसहित अन्य नेताको रिहाइको माग गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया