उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भने– ‘मास्क नलगाउनेलाई कारबाही गर्छाैँ’

 चैत ११, २०७७ बुधबार १९:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।

काेराेना सङ्क्रमण फैलिन नदिन तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, होली पर्वलाई घरमै मनाउन आग्रह गरेका छन् ।

सार्वजनिक ठाउँ तथा गाडीमा हिँड्दा अनिवार्य मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दुरी कायम नगरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएकाे छ ।

यस्तै भक्तपुर जिल्लामा पनि सार्वजनिक ठाउँमा भिड नगर्न, जात्रा, मेला, सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ । भक्तपुरमा पहिले सञ्चालित क्वरेण्टीन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न स्वास्थ्य युनिटहरूलाई निर्देशन दिएको छ । 

यस्तै ललितपुर प्रशासनले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने भएको छ । मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने भएको छ । ललितपुरमा रात्रिकालीन व्यवसायहरू राति ११ बजेपछि सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया