लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

 चैत १२, २०७७ बिहीबार १६:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । सदरमुकाम धुन्चेभन्दा तल रहेको जङ्गलमा आगलागी भएको हो ।

बिहीवार बिहान ९ बजेतिर जङ्गलमा आगलागी भएको हो । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताउनुभयो । 

स्थानीयवासी र सुरक्षाकर्मीकाे टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको उहाँको भनाइ छ । बिहान जङ्गलमा आगो लागेको देखेपछि हाकु प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर पाउनेबित्तिकै निकुञ्जका टोली, सुरक्षाकर्मी र स्थानीयवासी आगो लागेको क्षेत्रमा गएका थिए । मानव बस्तीभन्दा केही तल आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया