म्यानमार : प्रदर्शनकारीकाे ज्यान गएपछि आर्मी जनरलहरूकाे ‘भव्य पार्टी’

 चैत १५, २०७७ आइतबार १८:२५:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा शनिवार ‘आर्म्ड फोर्सेज डे’ को अवसरमा सेनाको चेतावनीपछि सडकमा निस्किएका प्रदर्शनकारीमध्ये कम्तीमा ९१ जनाको गोली लागेर ज्यान गएपछि सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा ‘भव्य पार्टी’ गरेको बीबीसीले जनाएको छ । 

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार बिहान मृतकको अन्तिम संस्कारका क्रममा पनि सेनाले हस्तक्षेप गर्ने कोसिस गरेको थियो । 

शनिवार भएको सेनाको दमनपछि पनि आइतवार विरोध प्रदर्शनको सिलसिला रोकिएको छैन । 

म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि शनिवार २७ मार्च प्रदर्शनकारीका लागि सबैभन्दा धेरै हिंसक दिन साबित भयो । गएको फेब्रुअरीदेखि भएको प्रदर्शनका क्रममा अहिलेसम्म चार सयभन्दा धेरैको ज्यान गइसकेको छ । 

आइतवार कैयौँ देशका रक्षा प्रमुखहरुले एक संयुक्त विज्ञप्ति नै निकालेर म्यानमारको हिंसक सैन्य कारबाहीको भर्त्सना गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यावसायिक सेना आचरणको सन्दर्भमा अन्तर्राष्ट्रिय मानकको पालना गर्छ र आफ्ना देशको नागरिकको रक्षा गर्नु उसको जिम्मेवारी हुन्छ ।’

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू स्तब्ध भएको बताउनुभएको छ । बेलायतका विदेशमन्त्री डोमिनेक रावले यसलाई ‘गिरावटको नयाँ स्तर’ भएको बताउनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घका विशेष दूत टम एन्ड्रुसले म्यानमारमा भइरहेको हिंसालाई मध्यनजर गरेर एक अन्तर्राष्ट्रिय आपत्काल सम्मेलन बोलाउन माग गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया