६ दिनअघि अड्किएको पानीजहाज सारिएपछि सूइज नहरको अवरोध खुल्यो

 चैत १६, २०७७ सोमबार १४:२७:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने सूइज नहरमा अड्किएको एउटा विशाल पानीजहाजलाई सारिएको छ । गएको मङ्गलवार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर तानेर बन्द भएको बाटो खुला गरेको बीबीसीले जनाएको छ ।

इजिप्टको स्वामित्वमा रहेको सूइज नहर एक सय ९३ किलोमिटर लामो छ । जसलाई संसारको एउटा अति व्यस्त व्यापारिक मार्ग मानिन्छ । एभर गिभन पानीजहाजका कारण जलमार्ग बन्द हुँदा सूइज नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो । 

सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्याङ्कले देखाउँछ । ​सूइज नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ ।​  

एभर गिभनलाई सार्न गएको आइतवार त्यसबाट २० हजार वटा कन्टेनर निकालेको बीबीसीले जनाएको छ । अड्किएको पानीजहाज चार सय मिटर लामो र ५९ मिटर चौडा छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया