चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे तानासाही निर्णय अस्वीकार्य भएकाे बताउनुभएकाे छ ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 29, 2021
सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाउनुभएको छ ।
पार्टीको कारबाहीपछि उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।