खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउन चाहेको बताउनुभएको छ । बुधवार काठमाण्डाैकाे बुद्धनगरमा आफू निकट युवा सङ्घ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अभियानमा लागेको बताउनुभएको हो ।
उहाँले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धराशायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने सङ्कल्पसमेत गर्नुभयो । त्यसका लागि देशैभरका कम्युनिस्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरू पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरूप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौँ । कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई धाराशायी हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौँ, यो हाम्रो सङ्कल्प हो । यही चैत ४ र ५ गते साढे चार हजार देखि पाँच हजार जनासम्मको उपस्थितिमा भएको भेलाले कम्युनिस्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरूप दिने र हामी आमनागरिककाे आकर्षणको केन्द्र बनाएर नागरिककाे यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरि जीवन्त गराउने पक्षमा घाेषणा गरेकाे छ ।’
आफूहरूको विचार मार्क्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको नेता नेपालले बताउनुभयो । आफूहरू सामाजिक न्यायसहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको उहाँले बताउनुभयो ।
विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।