युराेपमा काेराेनाकाे खाेप दिने गति कम भएकाे भन्दै डब्ल्यूएचओकाे आलाेचना

 चैत १९, २०७७ बिहीबार १८:२९:३३ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउने गति 'अस्वीकार्य रूपमा' ढिलो भएको भन्दै आलोचना गरेको छ । 

डब्ल्यूएचओले यस क्षेत्रको स्थिति केही महिनादेखि निकै चिन्ताजनक रहेको जनाएको छ । 

युरोपको अधिकांश क्षेत्रमा खोप लगाउने अभियानमा ढिलाइ हुँदा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दो छ । 

‘यस महामारीमा खोप नै उत्तम तरिका हो । यद्यपि खोप अभियानमा अस्वीकार्य रुपमा ढिलाइ भएको छ र युरोपमा महामारी फैलिरहेको छ’, युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले एक विज्ञप्तिमा भन्नुभएको छ ।

गएको हप्ता डब्ल्यूएचओको युरोपेली क्षेत्रका अधिकांश देशमा कोभिड–१९ सङ्क्रमणमा वृद्धि देखिएको छ जसमा ५० भन्दा धेरै देश समावेश छन् र ग्रीनल्याण्डदेखि पूर्वी रुससम्म फैलिएको छ ।

युरोपका लागि डब्ल्यूएचओका निर्देशक हान्स क्लुजले यस क्षेत्रका जम्मा १० प्रतिशत जनसङ्ख्याले खोपको एक डोज पाएको र चार प्रतिशतले पूरै डोज पाएको बताउनुभयो । ‘हामीले खोप उत्पादनलाई तीव्र बनाउनुपर्छ । ओप अभियानमा अवरोध कम गर्न पर्याप्त मौज्दात चाहिन्छ’, उहाँले भन्नुभयो । 

युरोपमा कोरोनाविरुद्धको खोप लगाउने गति बेलायत र अमेरिकाको तुलनामा निकै ढिलाइ देखिएको छ । युरोपमा ८० वर्षभन्दा माथिका उमेर समूहलाई छोडेर सबै उमेर समूहमा नयाँ सङ्क्रमण बढिरहेको उहाँले बताउनुभयो । 

कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण अस्पतालमा चिन्ताको विषय बनेको छ । यही कारण समस्या बढ्दै गएको हो । यसका साथै खोपको कम आपूर्ति हुँदा पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको हो ।  

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया