‘कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन सक्दैन’

 चैत २०, २०७७ शुक्रबार १४:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाण्डाै आइपुग्दा काठमाण्डाैवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताउनुभएको छ । 

मेलम्चीको पानी काठमाण्डाैमा आइपुगेको सन्दर्भमा कुराकानी गर्दै प्रवक्ता शर्माले पानी काठमाण्डाै ल्याइ पुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भए पनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताउनुभयो । उहाँले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘एउटा विकासको परियोजना ऐतिहासिक रूपमा यसरी सम्पन्न हुँदै गर्दा, यसलाई गौरवका साथ लिँदै कसैको पनि आलोचना गरिरहने भन्दा पनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न सुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिर्सियाे हाेला, मन्त्रीजीले बिर्सिनुभयो होला, अरूले बिर्सिनुभयो होला तर उपत्यकावासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाण्डाै आउनुले हाम्रो सामर्थ्यकाे पुष्टि भएको पनि बताउनुभयो । यसले आउँदा दिनमा नवीन परियोजनातर्फ देशलाई लैजानका लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाण्डाै आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया