साेमवार नेप्से सामान्य बढ्याे

 चैत २३, २०७७ सोमबार १६:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार सामान्य बढेको छ । बैंक, बीमा र फाइनान्स समूहको शेयर घटे पनि अरू समूहको शेयर बढेपछि नेप्से एक दशमलव १३ अङ्कले बढेर २६ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

साेमवार व्यापार समूहको शेयर एक सय ३२ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय १४ अङ्कले, जलविद्युतको ४६, उत्पादनको २४, अन्यको ३३ र माइक्रो फाइनान्स समूहको शेयर ३४ अङ्कले बढेको छ ।

साेमवार दुई सय १२ कम्पनीका एक करोड ५८ लाख  कित्ता शेयर सात अर्ब २९ करोड ६७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साेमवार ओमी माइक्रो फाइनान्स, सानिमा जनरल इन्स्योरेन्स,राधी जलविद्युत् कम्पनी र एनआईसी एसिया लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । गुराँस फाइनान्सको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया