नेप्से बुधवार सामान्य घट्याे

 चैत २५, २०७७ बुधबार १६:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य घटेको छ । बैंक, होटल, फाइनान्स, माइक्रो फाइनान्स र म्युचल फण्डबाहेक अरू समूहको शेयर घटेपछि नेप्से दुई दशमलव ८५ अङ्कले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा झरेको छ ।

बुधवार व्यापार समूहको शेयर एक सय ६३ अङ्कले,  जलविद्युतको ३३, जीवन बीमा समूहको एक सय ६ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय एक, उत्पादनको ८० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

बुधवार दुई सय १५ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर सात अर्ब १४ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

रैराङ हाइड्रो कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्ससहित चार कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया