सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण विवादमा तानिएका बाँस्काेटा सार्वजनिक लेखा समितिमा

 चैत ३०, २०७७ सोमबार १९:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका एमाले सांसद गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा राखिएको छ ।

यस्तै ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतम पनि लेखा समितिमै पर्नुभएको छ । प्रतिनिधि सभा मातहतका विभिन्न संसदीय समितिमा दलहरूको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गर्नुभएको हो ।

प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिनुभएको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ जारी रहेकोले संसदीय सुनुवाइ समितिमा भने फेरबदल भएन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया