विराट गोल्डकपमा पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

 चैत ३१, २०७७ मंगलबार ७:५७:५९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर सहिद रङ्गशालामा राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा एपीएफले पुलिसलाई २-० गाेलले हराएकाे हाे।

एपीएफका मणि लामाले खेलको ४६ औं र आशिष लामाले ९० औं मिनेटमा गोल गरे । एपीएफले पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर-११ सँग खेल्नेछ । विराटनगर भारतको सिक्किम युनाइटेड र वेस्ट बङ्गालको टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । आज सङ्कटा र अफ्रिकन रुट्स खेल्दैछन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया