१०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने भएका छन् ।
यसअघि गएकाे २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।
यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।
चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।
यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।