१०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि काठमाण्डाै उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेकाे छ ।
मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगकाे कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएकाे बताउनुभयाे ।
मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरिएन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताउनुभयो ।
‘अहिले बनेका खाेप १८ वर्षभन्दा माथिका लागि मात्रै बनेकाे छ, बालबालिकालाई जाेगाउन चुनाैती थपिएकाे छ, यही भएर काठमाण्डाै उपत्यकासहित ठूला सहरी क्षेत्रका विद्यालय बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर सिफारिस गरिएकाे हाे’, उहाँले भन्नुभयाे ।
अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने देखिएको मन्त्री त्रिपाठीले बताउनुभयाे ।
उहाँका अनुसार विद्यालय बन्द गर्ने विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।