स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसद...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुने प्रक्षेपण गरेको छ । मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगकाे कुराकानीमा स्वास्थ्य मन्त्री त्रिपाठीले अहिलेको दरमा कोरोना सङ्क्रमण बढ्दै गए आउँदो असारसम्म काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ लाखसम्म पुग्न सक्ने बताउनुभयो ।
त्रिपाठीले अहिलेको सङ्क्रमण दरलाई हेरेर प्रक्षेपण गर्दा आउँदाे असारसम्म दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने हुँदा त्यसका लागि अहिले नै मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड सङ्कलन गर्ने काम भइरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेण्टीन स्थलहरू थप गर्न लागिएको उहाँको भनाइ छ ।
मन्त्री त्रिपाठीले लकडाउन मात्रै काेराेना सङ्क्रमण राेकथामकाे विकल्प नभएकाे बताउनुभएकाे छ । ‘गएको वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी लकडाउनमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौँ’ उहाँले भन्नुभयो, ‘देशलाई लकडाउनसम्म पुग्न दिँदैनौँ ।’
पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने मन्त्री त्रिपाठीले बताउनुभयो । उहाँले अर्थतन्त्रभन्दा नागरिकको जीवन ठूलो भएकाले सरकारले नागरिकको जीवनलाई महत्त्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।