‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन’

 बैशाख १, २०७८ बुधबार ८:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै आज उहाँले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताउनु भएको हो ।  तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेसँगै विश्वका केही देशमा लकडाउन तथा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेकाले नेपालमा पनि सङ्क्रमण बढे कडाइ भने हुने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया