प्युठान : जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई हेलिकप्टरमार्फत काठमाण्डाै ल्याइयाे

 बैशाख १, २०७८ बुधबार १६:५६:१३ | एलबी थापा
unn.prixa.net

प्युठान – प्युठानकाे स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा भएकाे जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई उपचारका लागि काठमाण्डाै ल्याइएकाे छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि नेपाल आर्मीकाे हेलिकप्टरमार्फत काठमाण्डाै ल्याइएकाे र बाँकी पाँच जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

गम्भीर घाइते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गीता मुखिया, अनिश मुखिया र सन्दीप परियारलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डाै ल्याइएकाे हाे । त्यस्तै अन्य पाँच जना घाइतेको प्युठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी चढेका लु १ ज १६५५ नम्बरको जीप बुधवार दिउँसाे रुमाले भन्ने ठाउँमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको छ । 

घुमाउराे बाटाेमा बसलाई ओभरटेक गर्ने क्रममा जीप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । जीपमा १६ जना रहेकाे बताइएकाे छ ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया