सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ आज

 बैशाख ३, २०७८ शुक्रबार १२:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गएको फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइमा सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुई वटा गरेर सात वटा उजुरी परेका छन् । चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएकोमा सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला सुनाएको हो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया