कांग्रेसकाे केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै

 बैशाख ६, २०७८ सोमबार ८:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक आज दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने पौडेलले बताउनुभयो । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया