बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गयाे

 बैशाख ६, २०७८ सोमबार १२:२७:४० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

तल्कोट गाउँपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो ।

दुवै जना तल्कोट गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखरे भीरबाट झण्डै दुई सय ५० मिटर तल खसेका हुन् । उनीहरु गएको शुक्रवार घरबाट सुर्मा गाउँपालिकाको धानसेरी भन्ने ठाउँ जान भन्दै हिँडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया