आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी उपभोक्ताको धारामा

 बैशाख ६, २०७८ सोमबार १३:४४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साेमवार (आज) देखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले उज्यालोलाई जानकारी दिनुभयो । १७ करोड लिटर पानी प्रणालीमा पठाउँदा पनि ठूलो समस्या नदेखिएको र यो एकदमै खुसीको कुरा भएको सचिव बेल्वासेको भनाइ छ ।

पुरानै प्रणालीबाट वितरण गरिएका केही ठाउँमा पाइप फुट्ने समस्या देखिए पनि नयाँ प्रणाली र ठूला पाइपमा समस्या नदेखिएको उहाँको भनाइ छ । गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया