खोटाङ : वनमा लागेको डढेलो बस्ती नजिक पुग्यो, ४० घर जोखिममा

 वैशाख ११, २०७८ शनिबार ८:४६:२३ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको जन्तेढुङ्गा गाउँपालिकाकाे एक सामुदायिक वनमा डढेलो लागिरहेको छ ।

जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खु शिवालय सामुदायिक वनमा डढेलो लागेको हो ।

हिजो दिउँसो कुभिन्डे गिद्धेडाँडाबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको डम्बर्खु शिवालय सामुदायिक वनका अध्यक्ष नृपबहादुर चौलागाईंँले बताउनुभयो ।

एक सय ६५ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वनको झण्डै २ हेक्टर क्षेत्र डढेलोले विनाश गरिसकेको छ । जङ्गल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलो अहिले हाँडीखोला बस्ती आसपास पुगेको छ । डढेलोका कारण ४० घर जोखिममा परेको त्यहाँका याम राईले जानकारी दिनुभयो ।

डढेलोका कारण हाँडीखोलाका १० घर उच्च जोखिममा परेका छन् । यस्तै, कुभिण्डे, कात्तिके, तिल्के, सल्लेरी र सार्कीडाँडा बस्तीमा रहेका ३० भन्दा बढी घर पनि जोखिममा रहेको बताइएको छ । डढेलो नियन्त्रणका लागि प्रहरीलाई खबर गरिसकिएको सामुदायिक वनका अध्यक्ष चौलागाईंँले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया