युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लिनेछाैँ : अर्थमन्त्री पाैडेल

 बैशाख ११, २०७८ शनिबार १८:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।

आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताउनुभएको हो । तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताउनुभयो ।

छलफलमा युवा उद्यमीहरुले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तरतत्त्वहरु अन्तरनिहित रहेको छ भन्ने ठानेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिमा औसत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताउनुभयो ।

देशले कोराेनाको सामाना गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने उहाँकाे भनाइ छ । अर्थतन्त्रको पुनरउत्थानको कुरा र उन्नती प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको पनि मन्त्री पाैडेलले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरु, स्टिल उद्योगको समस्याहरुको विषय, स्टार्टअप पोलिसि लागयतका विषयमा सुझाव दिएका छन् । त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीहरुले सुझाव दिए ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया