ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार बुधवार (आज) फेरि घटेको छ । नेप्से आज १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ ।
आज व्यापार, उत्पादन र अन्य समूहको शेयर बढे पनि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र लगानी समूहको शेयर घटेको छ ।
आज दुई सय १५ कम्पनीका ८९ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएका छन् । एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको ६ र प्रोग्रेसिभ फाइनान्सको शेयर झण्डै साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।