पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौमा भेरोसेल खोप वितरण स्थगित भएको छ ।
स्वास्थ्य कार्यालय काठमाण्डौले विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
गएको चैत ४ गतेको सरकारको निर्णय अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि यो खोप लगाउन सुरु भएको थियो । १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोप दिइएको थियो ।
भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।