प्रदेश-१ मा ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा

 बैशाख १८, २०७८ शनिबार ९:२३:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश-१ सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि बिरामी भर्ना सुरु गरिएको छ । बिरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले हिजो अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

२१ बेड भेन्टिलेटरसहितको छ भने अन्य सबै अक्सिजनसहितको बेड रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया