दिल्लीको एक अस्पतालमा अक्सिजन अभाव हुँदा ८ जनाको ज्यान गयो

 बैशाख १८, २०७८ शनिबार १६:२३:३० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै  - भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोनाका बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्राेलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ ।

अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो । कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।

ट्वीटमार्फत केजरीवालले भन्नुभएको छ, ‘दिल्लीमा ९ सय ७६ टन अक्सिजनको माग रहेकोमा जम्मा ३ सय १२ टन मात्रै उपलब्ध गराइएको छ, यति कम अक्सिजनमा दिल्लीले कसरी श्वास लिने ?’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया