निर्मला हत्या प्रकरण : कञ्चनपुरमा चल्यो गोली

 भदौ ७, २०७५ बिहिबार १३:३:१४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । गोली लागेका ३ जनालाई स्थानीय निजी मेडिकल हलमा भर्ना गरिएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शनका क्रममा बिहीबार प्रहरीले गोली चलाएको हो ।

प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोमा आन्दोलन गरिरहेका छन् ।

याे पनि पढ्नुहाेस :

निर्मला हत्या प्रकरणको छानबिन गर्न आए एसएसपी चन्द 

निर्मला हत्या प्रकरण: अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा पनि प्रदर्शन

निर्मला हत्या प्रकरणः रहस्यमय बन्दै घटना, प्रहरी नै शंकाको घेरामा

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ganesh Khadka

    Aug. 23, 2018, 1:16 p.m.

    के नैया सम्बिधानले नागरीकलाई दिने उचित न्याय यही होता? मानशिक सन्तुलन गुमाएको बेक्तिलाई दोशि साबित गर्ने परहरी परसाशनलाइ हामि जनताहरूले कसरी आंखा चिम्लेर बिस्वाश गर्न सकिन्छर?

  •  0 Reply

तपाईको प्रतिक्रिया