तुलसीपुर उपमहानगरपालिकाले सङ्क्रमितको घरसम्मै नि:शुल्क अक्सिजन पुर्याउने

 बैशाख १९, २०७८ आइतबार १०:२९:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना सङ्क्रमितलाई घरसम्म नि:शुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।

वडाध्यक्ष र सम्बन्धित वडाको स्वास्थ्य संस्था वा कोभिड प्रतिकार्य समूहको प्रतिनिधिले बिरामीको अवस्थाको आकलन गरेर आवश्यक छ भनेर सिफारिस गरेमा घरसम्म नि:शुल्क अक्सिजन पुर्याइने उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

अक्सिजनको खालि सिलिन्डर भने फिर्ता गर्ने सुनिश्चितता बिरामीको आफन्तले गर्नुपर्ने छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया