शेयर बजार ५४ अङ्कले बढ्दा सात अर्ब ३६ करोड रुपैयाँको कारोबार

 बैशाख १९, २०७८ आइतबार २०:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक आज ५४ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक बढेर २६ सय ६५ भन्दा माथि पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज कारोबार हुने सबै समूहको सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ६३२ दशमलव १८, निर्जीवन बीमा समूहको ४४८ दशमलव ७८, उत्पादनमूलक समूहको १५० दशमलव ७२ तथा होटल र पर्यटन समूहको सूचक १११ दशमलव १७ अङ्कले बढेको छ ।

आज दिनभर सात अर्ब ३६ करोड रुपैयाँभन्दा धेरै मूल्यका एक करोड ५८ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ४२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ४० करोडभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आज विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै झण्डै १० प्रतिशतले बढेको छ । बजार बढेको दिन पनि आज सनराइज फस्ट म्युचल फण्डलगायत कम्पनीको शेयर मूल्य भने झण्डै दुई प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया