आज दिनभरिकाे उडान यथावत

 वैशाख २०, २०७८ सोमबार ८:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्तरिक वायुसेवा कम्पनीहरुले आज दिनभरि हुने उडान तालिका अनुसार नै हुने जनाएका छन् ।

सरकारले आज रातिदेखि लागू हुनेगरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरु दिउँसो उडानलाई लिएर अन्योलमा छन् । तर एअरलाइन्सहरुले आज उडानको झन धेरै खाँचो रहेको भन्दै उडान यथावत रहेको जनाएका हुन्।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरेर हरेक २० मिनेटमा एउटा उडानको कोटा तय गरेको थियो । तर आज यात्रुको चाप हुने भएकाले उडान थपको माग गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  

कोटाअनुसार दिनको १० वटा उडानको कोटा पाएको यती एअरलाइन्सले आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुनेभएपछि यात्रुहरुबाट आज उडान भर्ने माग बढेकाले सम्पूर्ण उडानहरु यथावत गरेको हो ।  बुद्ध एअरले पनि कोटा अनुसारका सबै उडान हुने जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hira mani chaudhary

    May 3, 2021, 8:44 a.m.

    कृपया एयरपोर्ट बन्द नगर्दा हुन्छ , सामाजिक दुरीको पालना गराउने र हरेक यात्रुले एयरपोर्ट जानु अघि पिसिआर नेगेटिभ भएको रिपोर्ट लिएर जानुपर्ने नियम बनाउनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया