कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार गठनको विषयमा छलफल हुने

 बैशाख २०, २०७८ सोमबार ११:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ ।

माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया