सिन्धुलीको गोलञ्जोरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो :पाँ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएको र अक्सिजन अभाव हुन थालेको भन्दै अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । नयाँ 'भेरिएन्ट' सहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँले अस्पताललाई खाली सिलिन्डर मौज्दात नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गर्नुभएको छ । अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । ती अस्पतालबाट दैनिक दुई हजार पाँच सय ४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।