शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्याे

 बैशाख २०, २०७८ सोमबार १५:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । लघुवित्त र लगानीबाहेक अरू समूहको शेयर घटेपछि नेप्से १२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६ सय ५२ दशमलव ७५ विन्दुमा झरेको हो ।

आज बैंकिङ समूहको शेयर झण्डै १० अङ्कले, विकास बैंकको साढे ३३, व्यापारको १५, होटल तथा पर्यटनको १२, जलविद्युतको नौ, फाइनान्सको नौ, जीवन बीमाको ९१, निर्जीवन बीमा समूहको ८१, उत्पादनको ६५ र अन्य समूहको शेयर ३२ अङ्कले घटेको छ ।

आज दुई सय १६ कम्पनीका एक करोड ५९ लाख कित्ता शेयर सात अर्ब ५२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर कारोबार भयो ।

आज चार कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी, महिला लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया