दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

 बैशाख २०, २०७८ सोमबार २०:२१:२३ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर परीक्षणमा घाेराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।  

साेमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो । 

सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक हजार आठ सय नाघेको  छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया