बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता

 बैशाख २४, २०७८ शुक्रबार २०:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रिय सभा सदस्यको उपचुनाव, प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

गएकाे बुधवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेताहरूसहित देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया