काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्यो, प्रदेश-१ का केही भूभागमा ठूलो पानी पर्न सक्ने

 वैशाख २५, २०७८ शनिबार ७:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।

प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया