घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ - ३९ वटा जलविद्युत आयोजनाले वार्षिक १ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाएका छन् ।
ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेका रुग्ण जलविद्युत आयोजनालाई सवल बनाउन पुनर्कर्जाको व्यवस्था गरिएको विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।
आयोगको दोस्रो स्थापना दिवसको अवसरमा उहाँले थप १५ हजार विद्युत उत्पादन गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूहरुले प्रयास गरिरहेको बताउनुभयो । यस्तै उहाँले ३६ वटा विद्युत सम्बन्धी कम्पनीको शेयर संरचनामा परिवर्तन गर्न पूर्वस्वीकृति दिएको जानकारी दिनुभयो । यस्तै अध्यक्ष सिंहका अनुसार अहिलेसम्म ६ वटा आयोजनाको विद्युत खरिदबिक्री दर निर्धारण गरेर सम्झौतामा सहमति भएको छ भने भारतबाट विद्युत आयात गर्न सहमति भएको छ ।
यसैबीच आयोगले गएको असार १ गतेदेखि लागू हुने गरेर ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म विद्युत महसुल दर घटाउने निर्णय गरेको छ । यस्तै अति विपन्न समुदायतर्फ केही मात्रामा राहतको महसुस गराउन मासिक १० युनिटसम्मको विद्युत निःशुल्क दिने निर्णयसमेत भएको आयोगले जनाएको छ ।
आयोगको दोस्रो स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले थप १५ हजार मेगावाट विद्युत उत्पादन लागि कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विद्युत उत्पादनले सहयोग गर्ने भन्दै उहाँले उत्पादनका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो ।
यसैबीच, उर्जामन्त्री टोपबहादुर रायमाझीले औसतमा ९ प्रतिशतले विद्युत उपभोक्ता महसुल दर घटाउने र अति विपन्न वर्गका नागरिकलाई १० युनिटसम्मको विद्युत खपतको शुल्क नलाग्नेलगायत जनमुखी निर्णय गर्न सफल भएकोमा आयोगलाई धन्यवाद दिनुभएको छ ।
स्वदेशमा उत्पादित विद्युतलाई देशमा खपत गर्न प्रोत्साहित गर्ने तथा स्वदेशमा खपत गरेर बाँकी विद्युतीय उर्जालाई क्षेत्रीय बजारमा उपलब्ध गराउने सरकारको नितिबमोजिम आयोगले छिमेकी देशका विद्युत क्षेत्रसँग सहकार्य गर्नेगरी अन्तरदेशीय तथा क्षेत्रीय व्यापारलाई प्रोत्साहन गर्न पहल गरेकोप्रति पनि उहाँले विद्युत नियमन आयोगलाई धन्यवाद दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।