विर्तामोड नगरपालिकामा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा, अक्सिजन सिलिण्डर घरमै पुर्‍याइने

 वैशाख २५, २०७८ शनिबार १३:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमित र अरु बिरामीलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला अस्पतालमा लैजान सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि ठाउँबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जली अस्पताल सञ्चालित छन् । यसैबीच, झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिण्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया