पत्रकार दिनेश दाहालको निधन

 वैशाख २५, २०७८ शनिबार १४:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनाबाट सङ्क्रमित हुनुभएका नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

१५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया