घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलकाे अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेकाे हाे । सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारकाे अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर ल्याउन थालेको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । तर, सिलिण्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।
सरकारले स्वास्थ्य क्षेत्र बाहेकमा अक्सिजन सिलिण्डर प्रयोग भएको भए फिर्ता गर्न आग्रह गर्दै आएको छ भने यस्ता सिलिण्डर सङ्कलनका लागि अभियान पनि सुरु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।