हावाको माध्यमबाट पनि काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

 वैशाख २५, २०७८ शनिबार १९:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको हो । स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने सीडीसीको निर्देशिकामा भनिएको छ ।

सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी समेत दिएको छ । भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाएको हो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया