गणेशमानसिंह अस्पतालमा अक्सिजन सकियो, बिरामीलाई अन्तै सार्ने प्रयास

 वैशाख २६, २०७८ आइतबार ८:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्तालमा अक्सिजन अभाव भएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर कोरोनाका बिरामीको लागि अक्सिजन अभाव भएको र भर्ना भएका बिरामीलाई अरु अस्पतालमा सार्ने प्रयास भइरहेको जानकारी दिएको छ । यस्तै नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो चुनौतीपूर्ण अवस्थामा अक्सिजन उपलब्ध गराएर सहयोग गरिदिन गणेशमानसिंह मेमोरियल अस्पतालले अनुरोध गरेको छ । हिजो पनि मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालले पनि अक्सिजन सकिएको भन्दै संयुक्त रुपमा आकस्मिक विज्ञप्ति निकालेका थिए ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया