भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति

 बैशाख २६, २०७८ आइतबार ८:४७:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ ।

ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ ।

यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनुमति दिएको थियो ।

खोप पुर्‍याउने यस्ता ड्रोन उडाउँदा हवाइ नियम पालनामा केही छुट पनि दिइएको छ । ड्रोनबाट खोप ओसार्दा दुर्गम बस्तीमा चाँडो र सहज रुपमा खोप पुर्‍याउन सकिने भारत सरकारले बताएको बीबीसीले जनाएको छ ।

सडक यातायातको पहुँच नभएको ठाउँसम्म खोप लैजान ढुवानी तथा चिस्यान लगायतको व्यवस्थापन गर्न कठिन हुने भएकोले आवश्यकता अनुसार ड्रोनमार्फत ओसार्दा सहज हुने भारत सरकारको भनाइ छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया