ऐतिहासिक ढुङ्गेधारा संरक्षण : स्पष्ट नीति भएन

 बैशाख २६, २०७८ आइतबार १८:३:५७ | इन्द्रसरा खड्का
unn.prixa.net

 ललितपुर – ललितपुरको बङ्गलामुखी नजिकै इखाछी टोलमा रहेको आल्को हितिमा परम्परागत तरिकाले नै फेरि पानी ल्याइएको छ । आल्को हितिका तीन वटा धारामा पानी कम हुँदै गएपछि ढुङ्गेधारा विज्ञ सुशील श्रेष्ठको अगुवाइमा २०६९ सालमा पानी ल्याइएको हो । झन्डै नाै ९ वर्ष पहिले हितिको उत्खनन गरी पुरानै तरिकाबाट पानी ल्याइएको श्रेष्ठ सम्झनुहुन्छ ।  

उहाँको भनाइमा यो हितिको पानीको मुहान हितिभित्रै छ । उत्खननबाट थाहा भयो कि मुहानको पानी ‘सिपेज’ हुँदा धारासम्म आउन नसकेको हो । पुर्खाले जुन तरिका अपनाएका थिए, त्यही विधिबाट धारामा ल्याउन सम्भव भएको श्रेष्ठ बताउनुहुन्छ । यसो गर्दा पैसाको चाहिँ राम्रै जोहो गर्नुपर्छ । टोलका एक सय परिवारबाट चार हजार रुपैयाँका दरले साढे चार लाख जम्मा गरिएको थियो । धेरै खर्च माटो र इँटामै भएको थियो । 

बूढापाकाको भनाइमा आल्को हितिमा पानी आउन थालेको झन्डै पाँच/छ सय वर्ष भयो । तर पछिल्लो समय धारा सुक्दै जान थालेपछि कतिले अन्य हितिबाट पानी बोकेर पिउन थाले भने कतिपयले पसलबाट किनेर ।​

पहिले धारामा पानी लिन जाने गरेको स्मरण गर्दै स्थानीयवासी शोभा श्रेष्ठ भन्नुहुन्छ, ‘पसलमा किनेको भन्दा मुहानको सफा पानी पिउन पाउँदा को खुसी नहोला ? मुहानको पानीले औषधिको काम गर्ने बूढापाकाको विश्वास छ ।’  ढुङ्गेधारा विज्ञ श्रेष्ठको भनाइमा पानीको गुणस्तरमा कुनै शङ्का गर्नु पर्दैन । 

पुस्तौँदेखि यहीँको पानी प्रयोग गर्दै आएका कतिपय भने पालो पर्खेर लाइन बसे । प्राकृतिक हिसाबले संरक्षण गरिएको हितिको पानी दुई सय ५० परिवारले प्रयोग गर्दै आएका छन् । हिजोका दिनमा धारामा पानी लिन आउनेको लाइन लाग्थ्यो । अहिले धाराको पानी ट्याङ्कीमा राखेर हरेकका घरमा पुर्‍याइएकाे छ । ढुङ्गेधारा पुनर्निर्माणपछि धाराको पानी खान पाउँदा स्थानीय कम्ती खुसी छैनन् । पहिले धारामा पानी लिन जाने गरेको स्मरण गर्दै स्थानीयवासी शोभा श्रेष्ठ भन्नुहुन्छ, ‘पसलमा किनेको भन्दा मुहानको सफा पानी पिउन पाउँदा को खुसी नहोला ? मुहानको पानीले औषधिको काम गर्ने बूढापाकाको विश्वास छ ।’  ढुङ्गेधारा विज्ञ श्रेष्ठको भनाइमा पानीको गुणस्तरमा कुनै शङ्का गर्नु पर्दैन । 

काठमाण्डौ उपत्यकामा लोप भएका ढुङ्गेधाराको संरक्षण गर्ने अभियानमा संरक्षणकर्मीहरू नै अघि सरेका छन् । पालिका, गुठी लगायतका सङ्घ–संस्थाको अगुवाइमा यो अभियान अघि बढेको हो । अभियानअन्तर्गत धेरै ठाउँमा जीर्णोद्धार गरिएका ढुङ्गेधारा देख्न सकिन्छ ।  

पालिकाकाे चासो

वरपर इँटाको पर्खाल, बीचमा संरक्षण गरिएको चिटिक्क ढुङ्गेधारा, झट्ट हेर्दा राँगाको टाउको जस्तो आकार, काठमाण्डौ महानगरपालिका वडा नम्बर १८ को  मेयछ्य हितिको यो ढुङ्गेधारामा बेलाबेलामा पानीको थोपा मात्र चुहिन्छ ।  नेवारी भाषामा मेय भनेको राँगो, छँय भनेको टाउको र हितिको अर्थ धारा हो ।  स्थानीयको भनाइमा धाराको आकार राँगाको टाउको जस्तै भएकाले यसलाई मेयछ्य हिति भनिएको हो ।  
भुरुङखेलमा रहेको यो हिति लिच्छविकालमा निर्माण गरिएको थियो ।

हिति वरिपरि भौतिक संरचना निर्माण भएसँगै झन्डै १०/१२ वर्ष अघिदेखि धारामा पानी चुहिन छाडेको हो । त्यसपछि एकाएक धारा नै गायब भयो । ऐतिहासिक महत्त्वका ढुङ्गेधारा हराउन थालेपछि अभियन्ताहरूले खोजी सुरु गरेका हुन् । 

ऐतिहासिक महत्त्वका ढुङ्गेधारा, पोखरी, तलाउ संरक्षण अभियानमा पछिल्लो समय पालिकाले पनि चासो देखाएका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर १८ को पहलमा आर्थिक वर्ष २०७६/०७७ मा झन्डै १७ लाख रुपैयाँको लागतमा मेयछ्य हितिको संरक्षण गरिएको हो । मेयछ्य हितिले पुनर्जीवन पाए पनि धारामा पानी भने छैन ।

महर्जनको भनाइमा ढुङ्गेधारामा आउने पानीको स्रोत भनेको तीन/चार सय मिटर वरिपरिको खुल्ला चौर हो । तर अहिले त्यस्तो खुल्ला ठाउँ कतै छैन । सबैतिरको जमिन ब्लक भएपछि आकाशे पानी जमिनभित्र जाने बाटो रोकिएको छ ।  

धारामा पानी ल्याउने पहल गरिए पनि अहिलेसम्म सफल भएकाे छैन । वडाध्यक्ष न्हूच्छेकाजी महर्जन पानीको स्रोत खोज्ने क्रममा खाल्डो खन्दै जाँदा वरिपरिका घरहरू भासिने भयले अघि बढ्न नसकिएको स्वीकार्नु हुन्छ । महर्जनको भनाइमा ढुङ्गेधारामा आउने पानीको स्रोत भनेको तीन/चार सय मिटर वरिपरिको खुल्ला चौर हो । तर अहिले त्यस्तो खुल्ला ठाउँ कतै छैन । सबैतिरको जमिन ब्लक भएपछि आकाशे पानी जमिनभित्र जाने बाटो रोकिएको छ ।  

लामो समयदेखि डम्पिङ साइट बनेको सोह्रखुट्टे चोकको ढुङ्गेधारा पनि संरक्षणपछि चिटिक्क देखिएको छ । काठमाण्डौ क्षेत्र नम्बर ७ प्रदेश ‘क’ का सांसद वसन्त मानन्धरको आर्थिक सहयोगमा वडा र स्थानीयवासीको पहलमा धाराको संरक्षण गरिएको हो । झन्डै १६ लाख रुपैयाँ खर्चेर २०७७ असारमा धारा निर्माण त गरियो तर पानी चाहिँ आउँदैन ।

चाडबाडमा धारामा पानी चाहिएको बेला ट्याङ्कीको पानी खसाल्ने गरिएको धारा निर्माणमा संलग्न स्थानीयवासी लक्ष्मीरत्न तुलाधर बताउनुहुन्छ । त्यसका लागि धारामा नजिकै ट्याङ्की राखिएको छ । ट्याङ्करको पानी ट्याङ्कीमा खन्याएर सधैँभरि धारामा पानी ल्याउन सम्भव नहुने काठमाण्डौ महानगर वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल बताउनुहुन्छ ।  

काठमाण्डौ, ललितपुर र भक्तपुरमा हराउँदै गएका ढुङ्गेधारा संरक्षण अभियान अघि बढेको छ । तर अधिकांशमा पानी नभएपछि आकाशे पानी ट्याङ्कीमा राखेर वा ट्याङ्करबाट ल्याएर अथवा इनारबाट निकालेर चाहिएको बेला मात्र धाराबाट खसाल्ने गरिएको छ ।  खाली ठाउँमा ढुङ्गा, सिमेन्ट राख्दा जमिनले पानी सोस्नै पाउँदैन । यस्तो अवस्थामा ढुङ्गेधारा पुनर्निर्माण गरेर पनि पानी ल्याउने काम त्यति सजिलो नभएको बताउनुहुन्छ वडाध्यक्ष मुकुन्द रिजाल । 

हुन त वडा तहले मात्र होइन, काठमाण्डौ महानगरले पनि सम्पदा संरक्षणमा चासो देखाएको छ । महानगरको सम्पदा शाखाका अनुसार महानगरले पाँच वटा प्रचलित ढुङ्गेधारा पुनर्निर्माण गरिसकेको छ । झन्डै दुई वर्षको अवधिमा यंगा हिति, पञ्च धारा, मरुहिति, गाहा हिति र धोबीधारा निर्माण भएका छन् । ढुङ्गेधारा संरक्षणका लागि पुरातत्त्व विभाग, खानेपानी संस्थान, पालिकालगायत गुठी, एकीकृत सहरी विकास र उपभोक्ताहरूले काम गरेका छन् । यसबाहेक अभियान्ताहरू पनि धारा संरक्षणमा जुटेका छन् । 

स्पष्ट नीतिको खाँचो  

पालिकाकाे पहलमा पछिल्लो समय ढुङ्गेधारा जीर्णोद्धार अभियान अघि बढेको छ । तर ती ढुङ्गेधारामा कसरी पानी ल्याउने भन्ने प्रष्ट नीति नहुँदा समस्या आएको छ । काठमाण्डौ महानगर वडा नम्बर १८ का वडाअध्यक्ष न्हूच्छेकाजी महर्जन  भन्नुहुन्छ, ‘ढुङ्गेधारा जीर्णोद्धार गर भन्यो तर पानी यसरी ल्याउनुपर्छ भन्ने प्रस्ट नहुँदा समस्या भएको हो ।’

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न काठमाण्डौ महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ जारी गरेको छ । तर ढुङ्गेधाराको विषयमा भने यो ऐन मौन छ । यही कारण महानगरले ढुङ्गेधारा संरक्षणको लागि स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिनुहुन्छ अभियन्ता लक्ष्मीरत्न तुलाधर । महानगरले बनाएको नीतिमा ढुङ्गेधाराको विषय नसमेट्नु दुःखद पक्ष भएको उहाँको बुझाइ छ । भन्नुहुन्छ, ‘पुर्खाले दिएका यस्ता चिनारी बिर्सनु दुर्भाग्य हो ।’

ढुङ्गेधारा संरक्षणसम्बन्धी महानगरको प्रष्ट योजना नहुँदा समस्या आएको बताउनुहुन्छ अर्का ढुङ्गेधारा विज्ञ सुशील श्रेष्ठ । पालिकासँग पैसा, क्षमता सबै भए पनि महानगरले तिनका कुरा नसुनेको गुनासो उहाँको छ । उहाँ भन्नुहुन्छ, ‘धारा संरक्षण गर्दा माटोको प्रयोग गर्नुपर्छ भन्छु म, तर उहाँहरू माटोको ज्याला नै छैन भन्नुहुन्छ ।’ 

ढुङ्गेधारा संरक्षणसम्बन्धी महानगरको प्रष्ट योजना नहुँदा समस्या आएको बताउनुहुन्छ अर्का ढुङ्गेधारा विज्ञ सुशील श्रेष्ठ । पालिकासँग पैसा, क्षमता सबै भए पनि महानगरले तिनका कुरा नसुनेको गुनासो उहाँको छ । उहाँ भन्नुहुन्छ, ‘धारा संरक्षण गर्दा माटोको प्रयोग गर्नुपर्छ भन्छु म, तर उहाँहरू माटोको ज्याला नै छैन भन्नुहुन्छ ।’ 

पानी र ढुङ्गेधारामा चासो राख्ने प्रकाश अमात्य बाहिरी रूपमा चिटिक्क पानी नआउने त्यस्ता धारा टिकाउन नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पैसा, जनशक्ति भएर पनि पानी ल्याउने हिसाबले काम नहुनु दुःखद हो । यसरी बनाइएका ढुङ्गेधारा पानीको लागि नभइ सजावटका लागि मात्र हुन् ।’ यसका लागि प्रष्ट नीति चाहिने अमात्यको मत छ ।   

लिच्छविकालमा बनेका कतिपय ढुङ्गेधारामा अहिले पनि पानी आइरहेको छ । अभियन्ता आलोकसिद्धी तुलाधरको भनाइमा यसले के देखाउँछ भने पुर्खाले बनाएको धाराको मिहिन ढङ्गले अध्ययन गर्न सकिएमा यस्ता धेरै धाराबाट पानी ल्याउन सम्भव हुन्छ । निश्चित समयका लागि चुनिएका जनप्रतिनिधिलाई आफ्नो कार्यकालमा यति काम गरेँ भनेर अर्को चुनाव जित्ने हतारो भएकाले हतारको काम दिगो नहुने बताउनुहुन्छ अभियान्ता तुलाधर । जीर्णोद्धार गरिएका ढुङ्गेधारामा पानी ल्याउन सम्भव ठान्ने मानन्धर यसका लागि फराकिलो सोच हुनुपर्नेमा जोड दिनुहुन्छ । 

ऐतिहासिक ढुङ्गेधारा तथा पोखरी संरक्षण सङ्घका अध्यक्ष एवम् ढुङ्गेधारा विज्ञ सुशील श्रेष्ठ ललितपुरका ९० प्रतिशत बढी ढुङ्गेधारामा प्राकृतिक हिसाबले पानी ल्याउन सकिने बताउनुहुन्छ । भक्तपुर र काठमाण्डौको तुलनामा ललितपुरको भूबनोट फरक भएकाले यहाँका धेरैजसो ढुङ्गेधारामा अहिलेसम्म पानी बगिरहेको उहाँको भनाइ छ । कस्मेटिक धारामा पानी राख्नुको साटो मेलम्चीको पानी आइपुगेको ठाउँका इनार र बोरिङ मात्र बन्द गर्ने हो भने धेरैजसो ढुङ्गेधारामा पानी आउने श्रेष्ठको बुझाइ छ । 

काठमाण्डौ उपत्यकामा ढुङ्गेधाराको इतिहास झन्डै १५ सय वर्ष पुरानो भएको पाइन्छ । ढुङ्गेधारा विज्ञ पद्मसुन्दर जोशीको भनाइमा हिति पानी आउने धाराको सुँड मात्र नभइ प्रणाली हो । विश्वका कुनै पनि ठाउँमा

काठमाण्डौका हितिमा पहिले जस्तै पानी ल्याउन सकिने सम्भावना देख्नुभएका जोशीको बुझाइमा अहिले संरक्षण भइरहेका धारा प्राणविनाकाे शरीरमात्र हुन् । 

नभएका हिति उपत्यकामा मात्र भएकाले पर्यटकीय हिसाबले पनि हितिको विशेष महत्त्व छ । काठमाण्डौका हितिमा पहिले जस्तै पानी ल्याउन सकिने सम्भावना देख्नुभएका जोशीको बुझाइमा अहिले संरक्षण भइरहेका धारा प्राणविनाकाे शरीरमात्र हुन् । 

(यो आलेख 'फिचर इन्टरन्युज: अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता' रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)

अन्तिम अपडेट: बैशाख १३, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया