एमालेका कुनै पनि सांसदले ओलीकाे विपक्षमा मत हाल्दैनन् : सचेतक भट्टराई

 वैशाख २६, २०७८ आइतबार १८:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताउनुभएको छ ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले पार्टीभित्र ह्विप लाग्ने र सांसदहरूले पार्टीको ह्विप मान्नुपर्ने सङ्केत गर्नुभएको हो । उहाँले अन्य पार्टीलाई आफूहरूको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरूले ह्विप उल्लङ्घन गर्न नमिल्ने सङ्केत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०७४ सालको चुनावमा नेकपा एमालेले जम्मा एक सय २१ सिट जितेको हो । त्यो एक सय २१ सिट सङ्ख्या यस पटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलसँग हामीले सहयोग माग्ने मात्रै हो । अरू दललाई हाम्रो ह्विप लाग्दैन, निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी देश र नागरिककाे सेवा गर्न तत्पर छौँ ।’ 

उहाँले एमालेकै नेपाल–खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्नु अघि नै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई पटक्कै विश्वास छैन । किनभने चुनावमा पाँच वर्षका लागि मत मागेर आउनुभयो । विकास र समृद्धिको कुरा गर्नुभयो । यसबेला आएर नागरिकका बीचमा राजीनामा दिएर के भन्दै जाने हो । त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन ।’ 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया