अमेरिका : जन्मदिन पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

 वैशाख २७, २०७८ सोमबार ८:४१:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ ।

एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन ।

यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया