अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, आपत्काल घोषणा

 वैशाख २७, २०७८ सोमबार १२:३८:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । 

कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।  

काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ । 

साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र अहिलेसम्म यसको मर्मतको काम चलिरहेको छ । 

आपत्काल घोषणा गरिएपछि अब यहाँबाट इन्धनको आपूर्ति पाइपलाइनको साटो सडक मार्गबाट हुन सक्छ ।

यस कारण इन्धनको मूल्य दुईदेखि तीन प्रतिशत बढ्ने जानकारहरुले बताएका छन् । यसलाई चाँडै नै समाधान नगरे यसको असर अझ व्यापक हुन सक्ने उनीहरुले बताएका छन् । 

विभिन्न सूत्रले यस र्‍यान्समवेअर आक्रमण डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् । यो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर झन्डै एक सय जीबी डाटा आफ्नो नियन्त्रणमा लिएका थिए । 

त्यसपछि त्यो समूहले ती डाटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए । साथै तिनले फिरौती वा र्‍यान्सम नतिरिए सबै डाटा इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएका छन् । 

कम्पनीले भने आफ्नो सेवा सुरु गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सम्पर्कमा रहेको जनाएको छ ।  

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया