घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे/नरहेको बारे मत लिँदै हुनुहुन्छ ।नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।
पत्रमा भनिएको थियो, ‘नेपालको संविधान धारा १०० को उपधारा १ बमोमिज आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्मत २०७८ साल वैशाख २७ गते सोमवारको दिन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेको छु ।’
अधिवेशन औपचारिक रूपमा सुरु भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढेको छ । त्यसका लागि सभामुख सापकोटाले सोमवार नै बस्ने तेस्रो बैठकको समय तोक्नुभएको छ ।
सभामुखले सापकोटाले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १ सय को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न प्रतिनिधि सभा नियमावली २०७५ कोे नियम १५२ को उपनियम २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावको सूचना दिनुभएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम आजै मिति २०७८ बैशाख २७ गते बस्ने प्रतिनिधि सभाको तेस्रो बैठकको समय तोकेको व्यवहोरा जानकारी गराउन चाहन्छु ।’
त्यसअघि गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि सभामुख सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम पढेर सुनाउनुभएको थियो ।
पहिलो चरणमा बैठक सुरु भए पछि १५ मिनेटका लागि स्थगित भएको थियो । यसैबीच प्रतिनिधि सभाको दोस्रो बैठक अहिले सुरु भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।